-->
करेन्टले शरीर जल्यो, श्रीमतीसँग भन्छन् – म बाँच्दिन, छोराछोरी राम्रोसँग पाल्नु
Advertisement

काठमाडौं, असार २ – ‘तँ आइस । केटाकेटी कहाँ छन्, के गर्दैछन् । अब तेरो जिम्मा । राम्रोसँग पाल्नु मेरो आजै अन्तिम होला जस्तो छ’ श्रीमान हरिबहादुर बरुवारको मुखबाट निस्केको यो आवाज सुन्न नभ्याउँद श्रीमती राधिका बेहोस हुनभयो । अब अस्पतालको बेडमा श्रीमान हरिबहादुरसँगै श्रीमती राधिकाको बास भयो । पल्लो छेउमा उभिएका हरिबहादुरका दाईका छोरा बसन्तसँग पनि अब क गर्ने उत्तर भएन । यो दृश्य थियो गएको जेठ १२ गते, बुटवलको मिसन अस्पतालको ।

भूकम्पबाट घर गुमेपनि ज्यान भने जोगाएका धादिङ गजुरी–५ की राधिकाको परिवारमा भूकम्प गएको १३ महिना अर्थात गएको जेठ १२ गते अर्को बज्रपात पर्याे । १२ गते बार्है बजेको राधिकाको मोबाइलले फोन आएको संकेत गर्याे । त्यही फोनमा कुरा भएदेखि राधिकालाई अहिलेसम्म न निद्रा लाग्छ न भोक । ‘तपाईंको श्रीमानको अफिसबाट बोलेको म ।

हरिबहादुर करेन्ट लागेर घाइते हुनभएको छ । तपाई तुरुन्त बुटवल आउनुस् ।’ फोन सुन्ने बित्तिकै उहाँको आँखा वरपर अन्धकार भयो ।
फोन आउने बेलामा राधिका आफ्ना ३ छोराछोरीलाई स्कुलको खाजा पु¥याउन जान लाग्नु भएको थियो । अब उहाँका नौ नारी गले । ‘छिमेकीलाई छोराछोरी जिम्मा लगाएर कान्छो छोरो लिएर एम्बुलेन्स रिर्जव गरि म बुटवल हिँडे’ राधिकाले
भन्नुभयो ‘मनमा अनेकौं तर्कना खेल्दै थिए ।

याद श्रीमानको मात्र आउँछ । के हुनुभयो, कतिखेर भेट्ने, गाडी जति तिव्र गतिमा कुदेपनि हिँडेको भए छिटो पुगिन्थ्यो होला भनेर मनमा तर्कना गर्दागर्दै बेलुका ५ बजे वुटवलको मिसन अस्पताल पुगेँ ।
११ वर्ष विद्युत प्रधिकरणमा नाम निकाले हरिबहादुरले सरकारी सेवा सुरु गर्नु भएको थियो । उहाँ वुटवलको विद्युत प्रधिकरणमा हुनुहुन्थ्यो । ११ वर्षको समयमा विजुलीको हजारौं पोलमा चढेर काम गर्नु भएका थियो हरिबहादुरले ।

तर जति वर्ष काम गरेपनि हुने हार दैव नटार भनेझैं जेठ १२ गते ९ बजे उहाँलाई करेन्ट लाग्यो । अगाडिका ७ वटा पोलमा चढेर उहाँलाई केही भएन, तर आठौं नम्बरको पोेलले उहाँको शरीरमा आगो सल्काइ दियो । करेन्ट लागेर कम्मरभन्दा माथिको सबै भाग जलेका हरिबहादुरलाई साथीहरुले वुटवलको मिशन अस्पताल पुर्याएका थिए ।
‘म अस्पताल पुगेपछि उहाँको बारेमा सुनिसकेपछि भेट गर्ने आँट आएन् । श्रीमान पनि बेहोस हुनुहुन्थ्यो रे’ राधिकाले रुन लागेको स्वरमा भन्नुभयो ‘उहाँको होस् १२ बजे राति आएपछि भेट्न गएँ ।’

‘तँ आइस । केटाकेटी कहाँ छन्, के गर्दैछन् ? अब तेरो जिम्मा । राम्रोसँग पाल्नु मेरो आजै अन्तिम होला जस्तो छ ।’ श्रीमान हरिबहादुरको मुखबाट यो वाक्य निस्केपछि राधिका पनि बेहोस हुनुभयो । हरिबहादुरको जागिरले ५ जनाको परिवार पालिएको थियो ।
करेन्ट लागेर आधा भन्दाबढी जलेको शरीर मिसनले उपचार गर्न असम्भव भयो । जेठ १३ गते बिहान ९ बजे हेलिकप्टरमा अक्सिजन दिँदै हरिबहादुरलाई काठमाडौंको कीर्तिपुर अस्पताल ल्याइयो ।

अब त अस्पताल पुर्याइयो श्रीमानलाई केही हुँदैन होला भनेर लामो सास फेर्नु भएकी राधिकालाई डाक्टरको अर्को शब्दले फेरि सुत्न दिएन । ‘तपाईंको श्रीमानको दाहिने हात काटेर फाल्नु पर्छ, देब्र चाहिँ बच्न सक्छ कि ! तैपनि हामी कोशिस गछौं’ डाक्टर किरण नर्कमीले भन्नुभयो ।
गरिखाने हात जान्छ ? अहँ राधिकाको मन मानेन । ‘जसरी पनि बचाउनु प¥यो डाक्टर साब । मैले के गर्नुपर्छ ? म तयार छु’ १० औंला जोड्दै राधिकाले डाक्टरसँग करुणा गर्नुभयो ।

डाक्टरले पनि हात जोगाउन कोशिस त नगरेका कहाँ हुन् र । हात जोगाउनको उहाँको शरिरमा ३ पाउण्ड रगत दिइयो । रगत आंैलासम्म पुग्यो पुगेन भनेर औला काटेर पनि चेक गरियो । अहँ तर डाक्टरको अथक प्रयासले पनि काम गरेन । औंलाबाट रगत आउनुको साटो हात नै कालो हुँदै चाउरी पर्न थाल्यो ।
उपचारको पर्सिपल्ट फेरि डाक्टर नर्कमीले राधिकासँग भन्नुयो ‘अब विकल्प छैन । हात जोगाउने भन्दा पनि तपाईंको श्रीमान बचाउने तर्फ लाग्नु पर्छ, हात काट्नै पर्ने भयो ।’ हात काटेर नफाले क्यानसर हुने सम्भावना भएकाले हरिबहादुरको गरिखाने दाहिने काटियो ।

एउटा गएपनि अर्को त छ । राधिकाले चित्त बुझाउन थाल्नु भएको थियो । आफूभन्दा पीडामा बाँचेका मान्छेलाई हेरेर बाँच्ने आधार बनाउँदै हुनुहुन्थो राधिका । तर अभागी खप्पर जहाँ गयो त्यही ठक्कर भनेजस्तो अर्को बज्रपातले उहाँमाथि अर्को मुक्का प्रहार ग¥यो । अर्को हातमा पनि रगत सञ्चार भएन । त्यो हात पनि काट्नुपर्ने भयो ।

अब परिस्थिति उल्टो हुन थाल्यो । पहिला श्रीमती राधिकालाई हरिबहादुर सम्झाउँथे अब प्रवस पीडामा विक्षिप्त भएकी राधिकाले श्रीमान हरिबहादुरलाई सम्झाउनु पर्ने भयो । ‘मेरो एउटा हात मात्र हात भएको भएपनि म बाँच्न सक्थेँ ? अब कसरी जिन्दगी चलाउने ? अब म कसरी बाँच्ने ? कसरी चर्पी जाने ? कसरी लुगा लगाउने ? कसरी खाने ?’ हरिबहादुर बिलौना गर्न थाल्नुभयो । केही अघिसम्म कसरी घरपरिवार पाल्ने भन्ने पीडामा भएका हरिबहादुर अब कसरी आफै पालिने भन्न थाल्नुभयो ।

कम्मर माथिको सबै शरीर जलेको छ । दुवै हात छैनन् हरिबहादुरका । जलेको उहाँको कम्मरभन्दा माथिको भागलाई ढाक्न छाला चाहिन्छ । छाला बिना उहाँको पूर्ण रुपमा जलेको शरीर ठिक हुन सम्भव छैन ।

नेपालमा छाला दान गर्न मिल्छ । १६ वर्ष भन्दा माथिका नागरिकले छाला दान गर्न सक्ने व्यवस्था छ । यसरी छाला दान गर्न फर्म भरेका नागरिक मृत भइसकेपछि त्यो शरीरबाट छाला निकालिन्छ । यसरी हरिबहादुर जस्ता जलेका मानिसलाई त्यो छाला लगाएर बचाइन्छ । तर हरिबहादुरका लागि कसैले छाला दान गरेनछन् ।
अब कम्मर भन्दा तल बाँकी रहेको उहाँको भागको छाला काटेर कम्मरभन्दा माथि लगाउन डाक्टरले सल्लाह दिए । सास छउन्जेल आश भनेझै बाँच्नका लागि जिउँदा हरिबहादुरले आफ्नो कम्मरमुनिको छाला काटेर माथि टाँस्ने निर्णय गर्नुभयो ।

अहिलेसम्म हरिबहादुरको उपचार खर्च अफिसले गरिरहेको छ । अब जागिर के हुने हो उत्तर छैन । हौसला थप्दै उहाँको अफिसले भनेको छ – ‘बाहिरबाट मगाएर तपाईंको काटिएको हात जस्ताको तस्तै बनाइदिन्छौं ।’ हरिबहादुरको अफिसले हात नजोडे पनि आत्मबल बढाउने काम भने गरेको छ । हात फेरि जस्ताको तस्तै हुने आशामा हरिबहादुरको परिवार बाँचेको छ । स्रोत: उज्यालोअनलाइन


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.