काठमाडौँ २ असार – त्यतिबेला म काठमाडौं आउने निर्णयमा पुगेँ जब मेरो एसएलसीमा फर्स्ट डिभिजन आयो । म नाटकमा लागेर बिग्रन्छु भनेर बुबाआमा पनि यो कुरामा तयार हुनुभयो ।काठमाडौंमा आउनुपर्ने अघिल्लो दिन बुबाले मलाई १७ सय रुपैयाँ ल्याएर दिनुभयो । त्यतिवेला उहाँमा दुई हजार पनि पुर्याउन नसकेको ग्लानि थियो ।
त्यो रात ओछ्यानमा राखेको तन्ना लिएरै म काठमाडौं आएँ । काठमाडौंमा १३ सय रुपैयाँ तिरेर कोठामा भाडा बस्न थालियो ।
काठमाडौंमा ऋषिराम दाइ र प्रदीप दाहाल हुनुहुन्थ्यो । उहाँहरूसँग मैले कोठा सेयर गरेँ । केहीपछि मार्केटिङको काम गर्न थालेँ ।
भाँडा बेच्ने मेरो काम थियो । यसरी भाँडा बेच्दै हिँड्दा एक दिन मलाई एकजना मान्छेले नराम्रोसँग चड्कन दिए । मलाई ज्वरो नै आयो ।
अनि त्यो काम मैले छाडेँ । अनि क्याम्पसमा भर्ना भएँ ।
नयाँ पत्रिका दैनिकबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...