काठमाडौं, २९ असार ।
खाली पेटमा पेनकिलर सेवन नगर्नुहोस् । खाली पेटमा पेनकिलर खाँदा एसिडिटी बढ्छ ।
पेनकिलर सेवन गर्दा मादक पदार्थ कहिल्यै नखानुहोस् ।
पेनकिलर चक्कीलाई भाँच्ने वा फुटाउने गर्नुहुँदैन ।
पेनकिलर सेवनपछि पानी अत्यधिक पिउने गर्नुहोस् ।
फर्मासिस्टसँग पेनकिलरबारे विस्तृत जानकारी लिएर मात्रै सेवन गर्नुहोला ।
दुखाइ कम गर्न खाएको पेनकिलरको लत नै लाग्यो भने समस्या पर्नसक्छ ।
कोडिन, ट्रामाडोल, मर्फिनजस्ता पेनकिलर सेवन गर्दा होसियारी अपनाउनुहोला ।
उजीवप्रसाद प्रधान
फर्मासिस्ट, नेपकेयर हेल्थ कन्सर्न, सामाखुसी, नयाँ पत्रिकाले छापेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...