एक अनुसन्धानले दक्षिण एसियामा शक्तिशाली भूकम्प आउन सक्ने तथ्य बाहिर ल्याएको छ । त्यस क्षेत्रमा रहेको २ प्रमुख टेकटोनिक प्लेट मध्ये एउटा प्लेट बिस्तारै अर्को मुनि गईरहेको त्यसले subduction zone बनि रहेको बैज्ञानिकहरुले बताएका छन् ।
त्यसले शक्ति संचय भईरहेकाले खतरा बढेको बताईएको छ । सन् २००४ को शक्तिशाली भूकम्प पनि यस्तै प्रकृतिको बनेर भएको बैज्ञानिकहरुको दाबी छ । २००४ मा आएको भूकम्पसंगै आएको सुनामीले हजारौको मृत्यु भएको थियो ।
अनुसन्धानका अनुसार भूकम्पको केन्द्र बिन्दु पूर्वी भारत वा बंगलादेश हुन् सक्छ। त्यस क्षेत्रमा आउने भूकम्पको तिब्रता ९ रेक्टरसम्म हुने र त्यसले धेरै क्षति गर्ने र १४ करोड भन्दा बढी मानिसहरु प्रभावित हुने प्रतिबेदनमा उल्लेख छ ।
गंगा र ब्रह्मपूत्र नदी यी दुई देशको विभिन्न भाग हुदै बग्ने गर्छ । खतरनाक भनिएको उक्त subduction zone यी दुई नदिको मिलन हुने स्थान भन्द मुनि रहेको छ । यस्तो अवस्थामा भूकम्पको साथ साथ बाढी आउने र नदिले आफ्नो बाटो परिवर्तन गर्न सक्ने उल्लेख छ । हाल सम्म यस्ता subduction zone समुद्रमा हुने गरि पनि यो भने जमिन मै भएकाले खतरा अझ बढेको बैज्ञानिकहरु बताउछन् ।
त्यस क्षेत्रमा बिगत ४ सय बर्ष देखि शक्ति संचय भई रहेकाले भूकम्प ८.२ देखि ९.० रेक्टर सम्मको हुने अनुमान गरिएको हो । यसले भारत , बंगलादेशको साथ साथ अन्य छिमेकि मुलुकहरु नेपाल, भुटान, म्यानमारमा पनि असर गर्ने बताईएको छ । भारत र बंगलादेशको जनसंख्या अत्यधिक र बाक्लो बस्ती रहेकाले त्यस क्षेत्रम धेरै क्षति हुने अनुमान गरिएको छ । अनुसन्धानको प्रतिबेदन नेचर जियोसाइन्स जर्नलमा प्रकशित छ ।karnali news


0 comments
प्रतिक्रिया दिनुहोस्...