७ साउन, काठमाडौं ।
प्रमुख तीन दलबीच संसद बैठक सञ्चालन गर्ने सहमति भएको छ । अविश्वासको प्रस्ताव कि वजेट आश्रित विधेयक भन्ने बारेमा रहेको विवादबारे टुङ्गो लगाउन बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकामा यस्तो सहमति भएको हो ।
प्रमुख तीन दलबीच शुरुमा बजेट आश्रित विधेयक संसदको कार्यसूचीमा राख्ने र त्यसपछि सरकार विरुद्ध अविश्वासको प्रस्ताव अघी बढाउने सहमति भएको जानकारी बैठकस्थलबाट निस्कँदै एमाले उपाध्यक्ष भीम रावलले दिए ।
यस अघि हिँजो भएको बैठकमा प्रधानमन्त्रीले पदबाट राजिनामा गर्ने र माओवादी कांग्रेसले अविश्वासको प्रस्ताव फिर्ता लिने एजेण्डामा छलफल भएको थियो । छलफल सकारात्मक भएको भनिएपनि शुक्रबार विहान देखि माहौल बदलिएको छ ।
प्रधानमन्त्री ओलीले राजिनामा दिन अस्वीकार गरेपछि अविश्वासको प्रस्ताव कायम राख्ने निर्णय नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चाले निर्णय गरिसकेका छन् ।
कमल थापाको सुझाव- प्रधानमन्त्रीले राजिनामा दिनु राम्रो
विधेयकको नाममा एमालेले संसद अवरोध गर्न खोजे बजेट आश्रित विधेयक संसदमा प्रस्तुत गराएर असफल पारिदिने र अविश्वासको प्रस्तावलाई बहुमतले सफल पार्ने रणनीति उनीहरुको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...