काठमाडौं, ७ साउन–भारत बिहारका बाढी पीडित परिवारहरु धमाधम नेपाल आएर बस्न थालेका छन् । बिहारमा बाढीले आफ्नो घर डुबानमा परेको भन्दै उनीहरु ओत खोज्न नेपाल आएको बताउँछन् ।
उनिहरु बिराटनगरको बिभिन्न ठाँउको खाली जग्गामा टेन्ट गाढेर बसेका छन् ।बिहारको सुपौल, अररिया,र पुर्णीया जिल्लाका गाँउ गाँउमा बाढी आएपछि भारतीय नेपाल छिरेका हुन् । बिराटनगर १४ मा खेतमा टेन्ट लगाएर बसेकाहरु मह काढ्ने पेशामा संलग्न धामी समुदायको रहेको बताउछन् ।
त्यहाँ ६० जना पुरुष ५० जना महिला र सय जना जति केटाकेटी छन् । उनिहरु अहिले बिराटनगरका बिभिन्न चोकमा भिख माग्दै हिड्ने गरेका छन् । चिसोका कारण त्यहाँका ४० बालबालीका र २० महिलाहरु बिमारी परेका छन् ।
कान्तिपुर दैनिकमा समाचार छ ।
dainiknepal


0 comments
प्रतिक्रिया दिनुहोस्...