-->
कांग्रेस-माओवादी र मधेसी मोर्चाबीच नयाँ सहमति, सिंहदरबारमा भयो दुई निर्णय
Advertisement

बैठकपछि सञ्चारकर्मीलाई जानकारी गराउँदै कांग्रेस नेता विमलेन्द्र निधी ।
– विमल योगी
काठमाडौं, ७ साउन । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच दुई वटा सहमति भएको छ ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको तीन शक्तिको बैठकले प्रधानमन्त्रीविरुद्धको आविश्वास प्रस्ताव बहुमतले पारित गर्ने र नयाँ सरकारले मधेसी मोर्चाले उठाएका मागहरु सम्बोधन गर्ने निर्णय गरेको हो ।
कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधीले कांग्रेस, माओवादी र मधेसी मोर्चाबीच अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय भएको जानकारी दिए । उनले भने- ‘तीन पक्षका शीर्ष नेताहरुबीच प्रधानमन्त्रीविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्ने र मधेसी मोर्चाले उठाएका मागहरु नयाँ सरकारले क्रमश सम्बोधन गर्दै जाने समझदारीसहितको निर्णय भएको छ ।’
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मधेसी मोर्चाका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो लगायत शीर्ष नेताहरु सहभागी थिए ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.