काठमाडौं । तपाई हामी विभिन्न फलफूलहरु मिठो मानेर खान्छौं । हामीले मिठो मानेर खाएका तिनै फलफुलका बोक्रलाई फोहर ठान्छौं र फालिदिन्छौं । तर, हामीलाई अब के थाहा हुनु जरुरी छ भने हामीले फोहर ठानेका तिनै फलफुलका बोक्रामा धेरै गुण हुन्छन् भनेर । हामीले फोहर भनेर फाल्ने गरेका फलफुलका बोक्राले कतिपय अवस्थामा औषधिका काम गर्छ । कुन फलका बोक्राले कस्तो खालको लाभ प्रदान गर्छ त हाम्रो जीवनमा अब चर्चा गरौं ….
केराको बोक्रा :
केराको बोक्रा पनि खानुस् भनेको सुन्दा तपाईलाई अचम्म लाग्ला । तर, केराको बोक्रा सेवनले केरा खादा भन्दा धेरै फाइदा हुन्छ । केराको बोक्रामा फाइबर उच्च मात्रामा पाइन्छ, जसले पाचनलगायत शरीरको समग्र प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । यस्तै केराको बोक्रामा एमिनो एसिड पर्याप्त मात्रामा पाइन्छ, जसले शरीरलाई बलियो राख्ने, रोगप्रतिरोधी क्षमता बढाउनेलगायत काम गर्छ । आँखामा जुनसुकै खालको इन्फेक्सन भएको छ भने केराको बोक्रा खानु फाइदाजनक हुन्छ ।
सुन्तला :
सुन्तलाको बोक्रा छोडाउँदा त आँखा पोल्छ । यस्तो बोक्राले के फाइदा गर्ला र भन्ने लाग्न सक्छ तपाईलाई । तर, त्यसो होइन सक्नुहुन्छ भने सुन्तलाको बोक्रा म¥याङम¥याङ चपाएर खानुस् । यसले मुटुसम्बन्धी रोग लाग्ने जोखिमलाई कम गरिदिन्छ । त्यस्तै सास गनाउने समस्या छ भने सुन्तलाको बोक्रा खानाले राम्रो गर्छ । यसमा पाइने एसिडले मुखमा रहेका ब्याक्टेरिया नाश गर्छ र सास ताजा बन्न पुग्छ । सुन्तलाको बोक्राको चूर्ण बनाई मनतातो पानीसँग पिउने गर्नाले कब्जियतको समस्या समेत हटेर जान्छ ।
काँक्रो :
हामी काँक्रो सेवनका बेलामा काँक्रोको बोक्रा पनि खान्छौं । तर, कतिपय अवस्थामा काँक्राको बोक्रा फाल्ने गछौं । यदि काँक्राको बोक्रा फालेर खानुहुन्छ भने अब त्यसो नगर्नुस् । काँक्रोको बाहिरी भागमा भिटामिन ए र के प्रचुर मात्रामा पाइन्छन् । त्यही भएर बोक्रा नताछीकन काँक्रो खाने गर्नुपर्छ । शरीरको वजन घटाउन काँक्रोको बोक्रा खानु बडो उपयोगी हुन्छ । काँक्रोको बोक्रा खाने गर्नाले हड्डी बलियो बन्छ ।
अनार :
अनार खान्छौ । अनारको बोक्रा फाल्छौं । खान यो खासै मिठो पनि हुँदैन । टर्रो स्वादको हुन्छ अनारको बोक्रा । तर, त्यहि टर्रो स्वादले तपाई हाम्रो जीवनमा ठूलो फाइदा दिन्छ । घाँटी खसखस भएर दिक्क हुनुभएको छ भने अनारको बोक्रा खाँदा सञ्चो हुन्छ । गिजाबाट रगत निस्किने समस्या भएकाका लागि पनि अनारको बोक्रा उपयोगी हुन्छ । अनारको बोक्रामा आइरन प्रशस्त मात्रामा पाइने भएकाले यो खाने गर्नाले रक्तअल्पतालगायत समस्याबाट समेत जोगाउँछ ।
खरबुजा :
शरीरको वजन नघटेर वाक्कदिक्क हुनुभएको छ भने खरबुजाको बोक्रा खाने गर्नुस् । यसले वजन घटाउन सहयोग गर्छ । खरबुजाको बोक्रा यत्तिकै खान नसकिने भएकाले ससानो टुक्रा पारी खाने गर्नुस् । यसो गर्दा पनि खान अप्ठेरो भयो भने नुन–खुर्सानीमा चोपेर खाने गर्नुस् ।
स्याउ :
स्याउमा पाइने पोषक तत्वमध्ये अधिकांश बोक्रामा थुप्रिएका हुन्छन् । त्यही भएर बोक्रा ताछेर स्याउ खाने मूर्खता गर्नु हुँदैन । स्याउको बोक्रामा फ्लेभोन्वइड नामक तत्व पाइन्छ, जसले रोगप्रतिरोधी क्षमता बढाउँछ । स्याउको बोक्रामा क्यान्सरबाट बचाउने तत्व पनि पाइन्छ ।
कागती :
कागतीको बोक्रा खाने गर्नाले रोगप्रतिरोधी क्षमता चाँडै वृद्धि हुन्छ । कागतीको बोक्रामा क्यान्सरबाट जोगाउने तत्व पनि पाइन्छ । कागतीको बोक्रामा एन्टी–अक्सिडेन्ट पाइन्छ, जुन अनुहारका लागि ज्यादै उपयोगी हुन्छ । कागतीको बोक्रा त्यसै खान सकिँदैन भने चूर्ण बनाएर खान सकिन्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...