-->
रणवीर र दीपिकाले गरे इंगेजमेन्ट !
Advertisement

२५ असार ।
मुम्बई –बलिउडमा रणवीर सिहं र दीपिका पादुकोणको प्रेमको चर्चा सधेै हुने गर्दछ। उनीहरुलाई भारतीयसंचार माध्यमले धेरै पटक डेटिङमापनि देखेको समाचार प्रशारण गर्दै आएका छन्। तर यस विषयमा भने उनीहरु सधै मौन रहने गर्दछन्।
उनीहरुलाई बलिउडमा हट कपलको रुपमा लिइन्छ ।बेलाबखत रणवीरले आफूहरु डेटमा रहेको संकेत गरेपनि दीपिका भने सँधै मौन रहने गर्दथिइन्। तर हालै सम्पन्न आइफा अवार्ड २०१६मा दीपिकाले रणवीरलाई फ्लाइङ किस दिएकी थिइन्। जुन भिडियो हात सामाजिक संजाल र भारतीय संचार माध्याममा भाइरल बनेको छ।उनको यो व्यवहारपछि विभिन्न खाले चर्चाहरु सुरु भएका छन्।
उनीहरुले इनगेजमेन्ट गरेको भारतीय संचार माध्यमले जनाएका छन्। उनीहरुका अनुसार रणवीर र दीपिकाले केही महिना पहिले इन्गेजमेन्ट गरेको जनाएका छन्। संचार माध्यमका अनुसार उनीहरुले दुवैको पारिवारिक सहमतिमा इन्गेजमेन्ट गरेको जनाएका छन्। तर यस विषयम आधिकारिक रुपमा दिपिका र रणवीरले मुख खोलेका छैनन्।
स्रोत: नागरिक न्यूज


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.