काठमाडौं, २० असार । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफ्नो सचिवालय र सहयोगी परिवर्तन गरिराख्ने नेतामा पर्छन् ।
अन्य नेताहरूले गोपनीयता ख्याल गर्दै आफ्नो सचिवालयहरू खासै फेरबदल नगर्ने गरेका भए पनि प्रचण्डले भने यसतर्फ खासै चासो दिने गरेका छैनन् । साँघु साप्ताहिकले समाचार छापेको छ ।
यस्तैमा प्रचण्डका एक सल्लाहकार लाजिम्पाट दरबारबाट छोटो समयमै आउट भएका छन् । प्रचण्डका प्रेस संयोजकको भूमिकामा रहेका सूर्य किरण केही महिनामै चुपचाप आउट भएका हुन् ।
शिव खकुरेल प्रेस संयोजकबाट हटेपछि उनको स्थानमा गएका किरण लाजिम्पाटभित्रकै असहयोगका कारण छोटो हटेको बताइन्छ ।
स्रोतका अनुसार, प्रचण्डको गतिविधिबारे पत्रकारले सम्पर्क गर्दा सहजै उपलब्ध हुने किरणलाई छोरा प्रकाशलगायतले असहयोग गरेर लखेटेको चर्चा हिजोआज परिसडाँडातिर चल्न थालेको छ ।
आफ्नो अनलाइनमा समाचार नआएसम्म अरुलाई नदिने गरेको आरोप खेप्लै आइरहेका प्रचण्डपुत्र प्रकाशको यही सोचमा सहमत हुन नसकेकै कारण किरणमाथि असहजस्थिति उत्पन्न गराएर निकालिएको माओवादी पत्रकारवीच खासखुस हुने गरेको छ ।
dainiknepal


0 comments
प्रतिक्रिया दिनुहोस्...