-->
सुनचाँदी दुवैको भाउ घट्यो
Advertisement

आज बिहीबार सुनचाँदी दुवैको भाउ घटेको छ।
प्रतितोला १ सय रुपैयाँ घट्दै सुन आज ५८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार सुन ५८ हजार ८ रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै निरन्तर बढेर २ वर्ष ९ महिनायातकै महँगो भएको चाँदीको भाउ पनि घटेको छ।
केही दिनयता ९ सय १५ रुपैयाँमा स्थिर रहेको चाँदी आज ५ रुपैयाँ घटेको छ।
मूल्य घटेसँगै चाँदी बिहीबार ९ सय १० रुपैयाँमा कारोबार भएको छ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.