मुम्बई, २९ असार । विगत केहि समयदेखि मुम्बई तथा पुणे शहरमा आम नेपालीले ज्यान गुमाएका घटनाहरुमा वृद्वि भएको छ । यसरी दिनानुदिन नेपालीहरुको ज्यान जान थालेपछि यस क्षेत्रमा काम गर्दै आएका नेपालीहरु समेत त्रसित बनेका छन ।
गत १० जुलाइमा अछाम जिल्ला को कुन्तिबण्डाली–१, मा बस्ने ४० वर्षीय टेकबहादुर राना पुणेको धायरीमा मृत अवस्थामा भेटिएका थिए । उनको मृत्युको कारण हार्टअट्याकका कारण भएको बताइएको छ । उता हिजो १२ जुलाइमा सोही गाउका २३ वर्षीय युवा चन्द्र थापाको समेत मृत्यु भएको खबर छ ।
सिउने देशमुखवाडी पुणेमा रोजगारीकालागि आएका ति युवा गाउकै टेक बहादुर रानाको अन्तिम संस्कारमा सहभागी हुन भनेर गत १० तारीखमा ७–८ जना साथीहरुसँगै गएका थिए । तर अरु सबै फर्केर आए भने उनिलाइ मृत अवस्थामा धायरी, पुणे स्थित नौले पुलको छेउमा स्थानीय वारजे प्रहरीले फेला पारेको थियो ।
प्रहरीले शव फेला पारेपश्चात आफन्तलाई खबर गरेको थियो भने लाशलाई शेसन हस्पिटलमा पोस्टमार्टम गरिएको पुणे देखि समाजसेवी रमेश विकले बताए । मृतक चन्द्र थापाको पनि आज दाहसंस्कार गरिएको बताइएको छ । प्रहरीले सो घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।
करिब ७ लाख बढि नेपालीहरुको कार्याक्षेत्र रहेको मुम्बइमा नेपाल सरकारको उपस्थिती शुन्य छ । यहाँका लाखौँ नेपालीहरुले महावाणीज्य दुतावास सथापनाका लागि हारगुहार गरेको धेरै भएपनि सरकारले सुन्न समेत नचाहेको यहाँ कार्यरत सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको आरोप छ । दैनिक नेपालबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...