-->
स्याङजाको जगतभञ्ज्याङ्गमा जीप सडकबाट सय मिटर तल खस्यो, ११ यात्रु घाईते
Advertisement

असार १९ गते-
स्याङ्जाको जगतभञ्ज्याङ– ५ झल्याङदीमा आज साँझ जीप सडकबाट तल खस्दा ११ जना यात्रु घाईते भएका छन् । वालिङ– ५ मिर्दीबाट चापाकोटतर्फ जाँदै गरेको यात्रुबाहक महिन्द्रा जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परी चापाकोट नगरपालिका– ११ का अमन कौशल गम्भीर घार्इते भएका छन् । घाइते कौशललाई थप उपचारका लागि पोखरा पठाइएको छ ।
अन्य घाईतेको भने वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । जिप कच्ची सडकबाट झन्डै एकसय मिटर तल खोलामा खसेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले जानकारी दिए । Nepal repors


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.