बिरामी जाँच्दै नक्कली डाक्टर, पक्राउ परेर धरौटीमा रिहा भएका फेरी कार्यक्षेत्रमा फर्किए

Advertisement
|
काठमाडौँ, २६ असार - नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सक भएको कारण पक्राउ गरी अनुसन्धानका लागि पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएका वीरगञ्जका आठ जना चिकित्सकमध्ये सात जना चिकित्सक अदालतबाट धरौटीमा रिहा भएपछि फेरी कार्यक्षेत्रमा फर्किएका छन्।
नेपाल प्रहरीको विशेष टोलीले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा पक्राउ परेका चिकित्सकमा डा अरुणकुमार गुप्ताबाहेक आठ जना चिकित्सकहरु कुशराज गिरी, सरोज सिंह, पन्नालाग पटेल, इर्शादुल हक, रहुल्लाह अन्सारी, रामकुमार प्रधान, विमेष पाल रमण, दिनेशकुमार तेलीविरुद्ध ठगी अभियोगमा मुद्दा दायर गरेको थियो।
आठ जना चिकित्सकको हकमा पर्सा जिल्ला अदालतले धरौटी माग गरी तारेखमा रिहा गर्ने निर्णय गरेको थियो। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...