काठमाडौं–नेपाल र चीनबीच रहेको व्यापारिक सीमानाका बन्द भएपछि दुवै देशका उच्चसुरक्षा अधिकारी गोप्य छलफलमा जुटेका छन् ।
प्राकृतिक प्रकोप र सुरक्षा संवेदनशिलतालाई प्रमुख कारण देखाउँदै बन्द भएका तातोपानी–खासा, रसुवागढी–केरुङ र मुस्ताङको कोरला नाका सुचारु गर्न चिनियाँ सुरक्षा अधिकारी काठमाडौं आइपुगेका हुन् ।
औपचारिक छलफल र भेटघाटको तालिका नै तय नभई भएको चिनियाँ सुरक्षा अधिकारीहरुको नेपाल आगमनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
जनमुक्ति सेनाको मेजर जनरल फु पेङ नेतृत्वको चिनियाँ टोली शनिबार अपरान्ह काठमाडौं आइपुगेको हो । बुधबारसम्म नेपालमै रहने भ्रमण टोलीले नेपालको सुरक्षा संयन्त्रसँग अनौपचारिक छलफल गर्नेछ । आजको कारोबार दैनिकमा खबर छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...