-->
बेलायतमा पहिलो नेपाली मेयर र बेलायती राजपरिवार सदस्यबीच भेट
Advertisement

असार ३०। लण्डन – बेलायती राजपरिवारका सदस्य राजकुमार रिचर्ड र बेलायतमा पहिलो नेपाली मेयर बनेका शंकर गैरेबीच भेटवार्ता भएको छ । स्वानली लिंक कार्यालयको औपचारिक उद्घाटन गर्न ड्युक अफ ग्लोसेस्टर रिचर्ड स्वान्ली आएका हुन् ।
उद्घाटनपछि उनले कार्यालयको भ्रमण गरेका थिए भने त्यहाँ कार्यरत कर्मचारीसँग भेटवार्ता समेत गरेका थिए । कार्यालयमा पोष्ट अफिस, क्याफे, सोसल केयर रुम, छ वटा सहायता डेस्क लगायत रहेका छन् ।
राजकुमार रिचर्डसँगको भेटमा गैरेकी पत्नी लक्ष्मी गैरेको पनि उपस्थिति थियो । उद्घाटनमा उपस्थिति जनाएको दुवैले राजकुमारलाई धन्यवाद व्यक्त गरेका थिए ।
मेयर गैरेले अगामी अक्टोबर ९ मा च्यारिटी डिनरको पनि आयोजना गर्ने भएका छन् । काउन्सिलर निना स्टकले शुरु गरेको अभियानले त्यस क्षेत्रमा अपाङ्ग बालबालिकाका लागि पार्क बनाउने सोच बनाएको छ ।
डिनरमा चिठ्ठाको आयोजना गरिने र विजेतालाई नेपाली खुकुरी र बुद्धको मुर्ती उपचार दिने घोषणा गरिएको छ ।- रातोपाटी


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.