काठमाडौं, २९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले चाँहदैमा तत्कालै वर्तमान सरकार नढल्ने भएको छ ।
व्यवस्थापिका संसद सचिवालयका अनुसार सरकार परिवर्तनका लागि कम्तीमा अझै एक हप्ता लाग्न सक्छ । सचिवालयमा प्रधानमन्त्री तथा सरकारविरुद्ध आज दर्ता भएको अविश्वासको प्रस्ताव परिपक्व हुन संसद् नियमावलीअनुसार एक साता लाग्ने स्पष्ट व्यवस्था छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा आफूहरुको विश्वास नरहेको भन्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तले अविश्वासको प्रस्ताव दर्ता गराएपछि सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सरकारविरुद्धको अविश्वासको प्रस्ताव अघि बढ्न अझै एक हप्ता लाग्ने जानकारी दिए ।
उनले नियमावलीको नियम १६० को प्रयोग गर्ने सन्दर्भमा सभामुखले आफ्नो तजबिजीमा सो प्रस्तावलाई एक साताभित्र छलफलको प्रक्रिया अघि बढाउन सक्ने बताए ।
सो नियम सभामुखले निलम्बन गरेमा एकसाता नपुग्दै पनि प्रस्तावमा छलफल अघि बढ्न सक्नेछ


0 comments
प्रतिक्रिया दिनुहोस्...