पछिल्लो राजनीतिक अवस्थाबारे निर्णय लिन मंगलबार सााझ बसेको एमाले स्थायी समिति बैठकले सरकारबाट फिर्ता हुने माओवादी केन्द्रको निर्णयले राजनीतिक अस्थिरता सँगै संविधान कार्यान्वयनमा गम्भीर प्रतिकूलता उत्पन्न गर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीको योजना र चाहनालाई साथ दिन पार्टी अघि बढ्ने निर्णय बैठकले गरेको छ ।
‘सरकारले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र आर्थिक समृद्धिको आधारशीला निर्माण गरिरहेको अवस्थामा नेकपा (माओवादी केन्द्र)को यस निर्णयले राजनीतिक अस्थिरता उत्पन्न गर्ने र संविधान कार्यान्वयनमा गम्भीर प्रतिकूलता उत्पन्न गर्ने जोखिम पैदा गरेको छ,’ महासचिव ईश्वर पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । एमालेले माओवादी कदम देशका लागि दुर्भाग्यपूर्ण भएको ठहरसमेत गरेको छ ।
बैठकमा प्रधानमन्त्रीको ‘ब्रिफिङ’ मात्रै
बैठकमा प्रधानमन्त्री केपी ओलीले माओवादीले समर्थन फिर्ता लिएपछिको विकसित राजनीतिक घटनाक्रम र पार्टीले लिनुपर्ने कदमका विषयमा धारणा राखेका थिए । प्रधानमन्त्रीकै भनाइलाई निष्कर्ष मान्दै बैठकले विज्ञप्तिमार्फत धारणा सार्वजनिक गरेको हो ।
प्रधानमन्त्रीको चाहनाअनुसार पार्टीले सामना गर्ने
पार्टीको अबको कदमका सन्दर्भमा प्रधानमन्त्रीको योजना र चाहनालाई साथ दिन पार्टी अघि बढ्नेगरी निर्णय भएको उपाध्यक्ष वामदेव गौतमले बताए । उनका अनुसार संसद्मै अविश्वासको प्रस्ताव सामना गर्नेगरी एमालेले बिहीबारसम्म थप निर्णय गर्ने सम्भावना छ । ‘एमाले उत्पन्न राजनीतिक समस्याको संंविधानसम्मत समाधानको दिशामा दृढतापूर्वक अगाडि बढ्ने जानकारी गराउादछौा,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । संविधानसम्मत कसरी अघि बढ्ने विषय भने प्रस्ट पारिएको छैन ।
सरकारले दूरगामी महत्त्वपूर्ण काम गरेको निष्कर्ष
बैठकले अत्यन्त प्रतिकूल परिस्थितिमा गठन भए पनि अनेकौा चुनौतीको सफलतापूर्वक सामना गर्दै राजनीतिक स्थायित्व कायम गर्ने दिशामा दूरगामी महत्त्वका निर्णय गर्दै सरकार अगाडि बढेको ठहर गरेको छ । संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र आर्थिक समृद्धिको आधारशिला निर्माण गरिरहेको अवस्थामा माओवादी निर्णयले अस्थिरता निम्त्याएको एमाले विज्ञप्तिमा उल्लेख छ ।
अस्थिरताले अन्तर्राष्ट्रिय सम्बन्धमा आँच पुग्यो
सरकार बनेयता सुदृढ बनिरहेको राष्ट्रिय स्वाधीनता, स्वाभिमान, राष्ट्रिय हितको रक्षा, आत्मनिर्भरता, सार्वभौमिक समानतामाथि आधारित नयाा अन्तर्राष्ट्रिय सम्बन्ध र प्रधानमन्त्रीको मित्रराष्ट्र भारत र चीनको भ्रमणका क्रममा भएका महत्त्वपूर्ण उपलब्धिलाई समेत यस्तो अस्थिरताले आाच पुर्याउन सक्ने सम्भावनाप्रति पार्टी गम्भीर बनेको विज्ञप्तिमा जनाइएको छ । त्यस्तै, राजनीतिक अस्थिरताको घडीमा राजनीतिक विकृतिले प्रश्रय नपाउन् र आधारभूत राष्ट्रिय हितमा आाच पुर्याउने कुनै पनि काम कारबाही हुन नपाउन् भन्ने कुरामा सजग रहन र संविधान, राष्ट्रिय हित र एकताको पक्षमा एकताबद्ध भएर अगाडि बढ्न एमालेले आह्वान पनि गरेको छ ।
राजीनामा दिनुपर्छ भन्ने मेरो मत अल्पमतमा
बैठकमा ठोस निर्णय भएन । अविश्वासको प्रस्ताव ‘फेस’ गर्ने हिसाबले अघि बढ्ने भन्ने छ । तर, भोलिसम्म घटनाक्रम कस्तो हुन्छ, त्यस आधारमा प्रधानमन्त्रीले जे चाहनुहुन्छ त्यही हुन्छ । कसैले समर्थन गर्ने सम्भावना देखिएको भए राम्रो हुन्थ्यो । मेरो मत राजीनामा गर्दा नै उपयुक्त हुन्छ भन्ने थियो, तर अल्पमतमा परो । नयाँ पत्रिका


0 comments
प्रतिक्रिया दिनुहोस्...