-->
मुग्लिन नारायणगढ सडक खण्डमा पहिरो जाँदा चालकसहित ट्रक पुरियो, सडक आज नखुल्ने
Advertisement

असार १७ गते-
मुग्लिन नारायणगढ सडक खण्डमा माथिबाट खसेको पहिरोले ट्रक पुरिँदा चालक र सहचालक घाईते भएका छन् । चण्डिभञ्याङ गाविस खहरेखोलामा सडक माथिबाट खसेको पहिरोले ना १ क १८६४ नम्बरको ट्रक पुरिएको हो ।
पहिरोमा पुरिएर चालक सुनसरीका उद्धव भुजेल र सहचालक प्रकाश कोइराला घाइते भएका हुन् । उनीहरुको मुग्लिनस्थित अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डको चार गाउँमा ठूला पहिरो खसेपछि यातायात सेवा ठप्प भएको छ । निरन्तरको बर्षाका कारण चार किलो, पाँच किलो, जलवीरे र भालुढुङ्गामा ठूलो पहिरो खसेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले जानकारी दिए ।
पहिरो हटाउने काम भैरहेको र आज सडक खुल्ने कुनै सम्भावना नरहेको प्रहरीले जनाएको छ । Nepal reports


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.