काठमाडौं, २८ असार । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएसँगै नयाँ सरकार निर्माणको कसरत सुरु भएको छ ।
नेपाली कांग्रेसँग मिलेर सरकार बनाउन लागेको माओवादीले अन्य दलसँग पनि परामर्श थालेको छ । तर, सरकारको नेतृत्व गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न विकल्पहरु अपनाउनेबारे परामर्श गरिरहेका छन् ।
माओवादीले सरकार छाडेको र प्रधानमन्त्री ओलीले राजीनामा दिन नमानेको अवस्थामा संविधानविदहरुले भने माओवादीले समर्थन फिर्ता लिँदैमा सरकार परिवर्तन नहुने तर्क गरेका छन् ।
चर्चित संविधानविद् एवं संवैधानिक कानुनका ज्ञाता डा. भीमार्जुन आचार्यले अहिले सरकारमा सहभागी एउटा दलले मात्रै समर्थन फिर्ता लिएको भन्दै संवैधानिक रुपमा सरकार कुनै संकटमा नरहेको बताए । ‘एक दलले समर्थन फिर्ता लिनु भनेको त्यो राजनीतिक जानकारी मात्रै हो । प्रधानमन्त्रीले आफ्नो मन्त्रिपरिषद् हेरफेर गरेर अगाढि बढ्दा हुन्छ,’ उनले भने ।
नयाँ संविधानले यो सरकारलाई अविश्वासको प्रस्तावबाट हटाएपछि मात्रै अल्पमतमा परेको प्रमाणित गर्ने व्यवस्था गरेको भन्दै अहिले त्यसो नभएकाले सरकारले मन्त्रिपरिषद हेरफेर गरेर आफ्ना कामहरु अगाडि बढाउने सक्ने उनको भनाई छ । sajha page


0 comments
प्रतिक्रिया दिनुहोस्...