-->
यसरी बन्दैछन्, प्रचण्ड प्रधानमन्त्री, ओलीविरुद्ध पुग्यो बहुमत
Advertisement

ओलीको विपक्षमा काँग्रेसको दुई सय सात, माओवादीको ८२, फोरम लोकतान्त्रिकको, १३, राप्रपाको १२, तमलोपाको ११, सद्भावनाको ५, तमसपाको ३, तरुहट तराई पार्टीको २, अन्य नौ गरी जम्मा ३ सय ४४ सिट ।
काठमाडौं । साउनको पहिलो साताभित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउने सम्भावना बढेको छ । सत्ताको एउटा घटक माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्ने औपचारिक निर्णय गरेपछि साउन पहिलो साताभित्रै नयाँ सरकारको सम्भावना देखिएको हो ।
सरकारको विकल्प खोज्न माओवादीको हालै सम्पन्न बैठकले अध्यक्ष प्रचण्डलाई प्राधिकार दिएको छ । संसदमा ८२ सिट रहेको सत्ताको दोस्रो ठूलो दल माओवादी केन्द्रले विकल्प खोज्ने निर्णय गरेका कारण ओली नेतृत्वको सरकारको दिनगन्ती सुरु भएको हो ।
तर कस्तो विकल्प भन्नेबारे अन्यौल यथावत रहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको सहयोगबिना माओवादीले विकल्प दिनसक्ने अवस्था छैन । नेपाली काँग्रेसले माओवादीको यो निर्णयबारे अहिले सम्म कुनै प्रतिक्रिया दिएको छैन ।
काँग्रेसले तत्कालै कुनै प्रतिक्रिया नदिनुको कारण हो, गत बैशाखको दोस्रो साता माओवादीबाट पाएको धोका । बैशाखको दोस्रो साता माओवादीले प्रधानमन्त्री ओलीको विकल्पमा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गर्दै सहयोगका लागि नेपाली काँग्रेससँग याचना गरेको थियो, त्यसमा काँग्रेसले पनि सहमति दिएको थियो ।
सो सहमतिपछि माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने विषयमा छलफल भयो । यो छलफललाई माओवादीले एमालेसँगको बार्गेनिङ कार्डका रुपमा प्रयोग गरेको थियो । आजको तरुण साप्ताहिकमा समाचार छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.