एजेन्सी । भ्रुण अवस्थाको ६ हप्तामा स्तनको विकास शुरु हुने गर्दछ । किशोरावस्थामा नपुगेसम्म केटीमा स्तनको विकास शुरु भईसकेको हुँदैन । वाल्यकालमा केटा र केटीको स्तन उस्तै हुन्छन् ।
स्तनको वृद्धि धेरैजसो ११ बर्षको उमेरमा शुरु भएर १५ बर्षमा पूरा हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । सामान्यतया २–३ बर्षको चाँडो ढिलो हुन सक्छ । इस्ट्रोजन र प्रोजेस्टेरोन जस्ता रागरसहरुको प्रभावका कारणले यी परिवर्तन देखिन्छन् ।
स्तनको विकासलाई विभिन्नका चरणमा वर्गिकरण गर्ने गरिएको छ । जसमा
१.किशोरावस्थाभन्दा पहिलेको अवस्था हो । यो अवस्थामा स्तनको मुण्टोमात्र केही उठेको हुन्छ ।
२ बड अर्थात भर्खरैको कोपिला जस्तो देखापर्छ, स्तन र मुण्टो अलिकति माथि उठेको हुन्छ । एरोला मुण्टो वरिपरिको कालो रंगको छाला भएको क्षेत्र ठुलो भएर आउँछ ।
३. स्तन अझै बढ्ने र ग्रन्थीय तन्तु बन्न थाल्दछ ।
४. एरोला र मुण्टो अझै उठ्ने बढ्ने र स्तनको सबै भागमा अझ वृद्धि हुने ।
५. स्तन वयस्कको जस्तै विकसित हुने, स्तनले गोलाकार आकृति लिने, एरोला स्तनको अन्य भागको सतह समान हुने र मुण्टो मात्र उठेको स्थितिमा हुन्छ । - लाइटनेपाल


0 comments
प्रतिक्रिया दिनुहोस्...