कपिलवस्तु, २८ असार । दाङबाट काठमाडौं जाँदै कपिलवस्तु जिल्लाको बुङचीमा बस दुर्घटना हुँदा दश जना घाइते भएका छन् ।
सोमबार राति १० बजे दाङ्गबाट काठमाडौ तर्फ जाँदै गरेको ना ४ ख ६७७२ नम्बरको बस सडक छेउमा रहेको बिद्युत् पोलमा ठोक्किदा बसमा सवार १० जना यात्रु घाइते भएका हुन् ।
घाइते सबैलाई उपचारको लागि ललितपुरस्थित बी एण्ड बी अस्पताल लगिएको छ । घाइतेमध्ये लमही– ७ बस्ने ७० वर्षीय हरिनारायण चौधरीको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुले जनाएको छ ।
dainiknepal


0 comments
प्रतिक्रिया दिनुहोस्...