-->
शान्ति मिसनमा खटिने सेनाको फौजलाई प्रधानसेनापतिको कडा निर्देशन
Advertisement

काठमाडौं, १९ असार । प्रधान सेनापति राजेन्द्र क्षत्रीले संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ मोनुस्को मिसन, कंगोमा तैनाथ हुन जाने श्री शम्शेरदल गण (शा.से.) २३ औं डफ्फा, श्री नं. २० फिल्ड गुल्म (शा.से.), २० औं डफ्फा र यूएनमिस मिसन, दक्षिण सुडानमा तैनाथ हुन जाने श्री पशुपति प्रसाद गण


(शा.से.), तेश्रो डफ्फाको पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा संचालन भएको प्रि डिप्लोमेन्ट तालिमको अन्तिम निरीक्षण गर्नु भएको छ ।

उक्त अवसरमा प्रधान सेनापति क्षत्रीले नेपाली सेनाका परमाधिपति एवं राष्ट्रपति बिद्यादेवी भण्डारीको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । उक्त सन्देशमा हाल बिश्वका विभिन्न द्वन्द्वरत राष्ट्रहरुमा संयुक्त राष्ट्रसंघले शान्ति कायम गर्न गरेको अतुलनीय प्रयासहरुमा नेपाल सरकारको परराष्ट्र नीतिलाई व्यवहारिक रुपमा प्रभावकारी बनाई नेपाल र

नेपालीको मान सम्मान र छविलाई बिश्व जनसमुदाय र परिवेशषमा उच्च राख्न नेपाली सेनाको योगदानप्रति मुलुकवासी सदैव गौरवान्वित रहेको तथा बिश्व शान्ति प्रति नेपालको प्रतिवद्धताको सन्देश संसारमा फैलाउने कार्यमा नेपाली सेना सफल हुनेमा पुर्ण बिश्वास राख्दै सकलदर्जामा पूर्ण सफलता, सु-स्वास्थ्य एवं शुभ यात्राको लागि मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ ।

यसैगरी, सोही अवसरमा सकलदर्जालाई सम्बोधन गर्नुहुंदै प्रधानसेनापति क्षेत्रीले नेपालको परराष्ट्र नीति बमोजिम नेपाली सेनाले, नेपाल र नेपालीहरुको प्रतिनिधित्व गर्दै विश्व शान्तिको लागि विभिन्न द्वन्द्वग्रस्त स्थानहरुमा शान्ति सैनिकहरु तैनाथ गरी उल्लेख्य रुपमा योगदान दिंदै आइरहेको बताउनुभयो ।

विगत ६ दशकदेखि अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा सहभागी भई सक्रिय योगदान दिंदै आएको नेपाली सेनाले हालसम्म विभिन्न ४१ वटा मिशनहरुमा एक लाख भन्दा बढी शान्ति सैनिकहरू सहभागी गराईसेकेको र हाल १५ वटा विभिन्न मिशनहरूमा ४३५८ नेपाली शान्ति सैनिकहरू कार्यरत रहेको उल्लेख गर्नुहुंदै नेपाल र नेपालीको शिर उंचो बनाउन आफ्नो पेशागत दक्षता, क्षमता र अनुशासनलाई कायम राखीे आईपर्न सक्ने जस्तोसुकै चुनौतिलाई पनि प्रशंसनिय ढंगले पुरा गर्ने कुरामा विश्वास व्यक्त गर्नु भएको छ ।

सम्बोधनको क्रममा प्रधान सेनापति क्षत्रीले विश्व शान्ति स्थापना जस्तो विशुद्ध मानवीय कार्यको दौरान विगतमा आप्mनो प्राण अर्पण गर्ने नेपाली सेनाका ६३ जना बहादुर नेपाली शान्ति सैनिकहरुको योगदानको स्मरण गर्दै उहांहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्नु भएको थियो ।


rajendra-ch
यसैगरी नेपाली सेनाले स्थापनाकालदेखि नै नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता लगायत महत्वपूर्ण राष्ट्रिय हित र स्वार्थहरुको संरक्षण, सम्बद्र्धन र प्रर्वद्धनमा महत्वपूर्ण योगदान दिंदै सम्पूर्ण नेपालीहरुको आधारभूत हक र हितको रक्षार्थ सुख र दुःखमा सदैव साथ दिंदै आइरहेको बताउनु हुंदै गत बैशाखमा गएको विनाशकारी भूकम्पका दौरान नेपाली सेनाले तत्काल परिचालित भई गरेको खोज, उद्धार तथा राहत कार्यको साथै भूकम्प पीडितहरुको पुनर्वासको लागि अस्थायी सामुहिक आवास निर्माण कार्यमा भएको सहभागीताको समेत स्मरण गर्नु भएको थियो ।


त्यसैगरी प्रधान सेनापति क्षत्रीले शान्ति स्थापना गर्ने जस्तो पवित्र कार्यमा खट्टिई आफ्नो कार्यक्षेत्रतर्फ जाने तयारीमा रहेका उक्त टोलीलाई कार्य सफलताको शुभकामना व्यक्त गर्नुहुंदै स्थानीय परिस्थितिलाई राम्रोसंग मनन गरी संयुक्त राष्ट्र संघको नीति निर्देशन भित्र रही मातृभूमी नेपाल, नेपाली सेना तथा आप्mनो युनिटको ईज्जत र प्रतिष्ठालाई समेत ध्यानमा राखी संयुक्त राष्ट्रसंघ र नेपाली सेनाले दिएको जिम्मेवारी तथा निर्देशनलाई पूर्णरुपमा पालना गर्दै कार्य गर्न विशेष निर्देशन समेत दिनु भएको थियो ।


यसअघि, निरीक्षणको क्रममा प्रधान सेनापति क्षत्रीलाई श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका केन्द्रपतिद्वारा केन्द्रको बारेमा संक्षिप्त जानकारी गराउनु भएको थियो भने मिशन ईलाकामा तैनाथ हुन जाने गणका गणपतिद्धारा मिशन ईलाका सम्बन्धी वस्तुस्थिती, बन्दोबस्ती लगायत विविध पक्षबारे जानकारी गराउनुको साथै सम्बन्धित मिशन ईलाकामा सहभागी हुन जाने अधिकृतहरुद्वारा तैनाथ हुने स्थानको अपरेशन गतिविधिहरुबारे प्रस्तुतीकरण समेत भएको थियो ।

यसैबीच प्रधान सेनापति महारथी क्षत्रीले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ खट्टि जाने गण-गुल्मद्वारा प्रस्तुत प्रि डिप्लोमेन्ट तालिम अन्तर्गत डेमोष्ट्रेशनको समेत अवलोकन र निरीक्षण गर्नु भएको थियो । सोही अवसरमा वहांले पांचखालमा नवनिर्मित क्वार्टर गार्डको समुद्घाटन गर्नुभई निरीक्षण समेत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा रक्षा सचिव श्री महेश प्रसाद दहाल, नेपाली सेनाका रथीबृन्द, अधिकृत तथा सकलदर्जाको समेत उपस्थिति रहेको थियो ।
– See more dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.