असार १७ गते-
दश जना यात्रु बोकेर आज विमान उडेको एउटा विमान रसियामा बेपत्ता भएको छ । जंगलमा लागेको आगो निभाउनका लागि गएको रसियन विमान स्थानीय समय अनुसार आज बिहान साढे ६ बजेदेखि हराइरहेको हो ।
रसियाको समाचार संस्था आरआइए नोभोस्टीका अनुसार विमानमा १० जना सवार थिए । हराइरहेको विमानको खोजीका लागि उद्दार तथा खोजीका लागि हेलिकप्टर परिचालन गरिएको छ ।
दुई वटा सुपरजेट १०० विमान र आइआइ-७६ विमान पनि १ सय प्यारासुट रेस्क्युअरसहित खोजीका लागि उडेका छन् । Nepal reports बात


0 comments
प्रतिक्रिया दिनुहोस्...