-->
अविरल वर्षाका कारण रुपन्देहीमा ग्रामीण क्षेत्रका घर डुबानमा
Advertisement

बुटवल, ७ साउन । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण रुपन्देही हँुदै बग्ने विभिन्न नदीमा आएको बाढीले ग्रामीण क्षेत्रका घर डुबानमा परेका

बाढी तथा वर्षाको पानी जमेर भरखरै रोपाइँ गरेको सयाँै बिगाहा खेत डुबेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्लाको दक्षिण क्षेत्रमा रोहिणी नदी गाउँतिर पस्दा पटखौली गाविस–५ का १६ घर डुबानमा परेका छन् ।

यस्तै वसन्तपुरमा रोहिणी नदी गाउँमा पस्दा–६ घर डुबानमा परेका छन् । स्थानीय बासिन्दा सातजना रातभरी रुखमा बसेर ज्यान जोगाएको र उनीहरुको उद्धारका लागि प्रहरी ट्युब लिएर पुगेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
बाढीले घरका लत्ताकपडा पशु चौपाया डुबेको प्रहरीले जनाएको छ । डुबान क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्न प्रहरीको टोली डुबान क्षेत्रमा खटिएको उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।
यस्तै सिक्टहन गाविसको छोड्की गुम्बीमा रोहीणी नदी पस्दा गाउँ डुबानमा परेको छ । सामूहिक कृषि उपज केन्द्रसहितका सात घरका पशुपक्षी र चौपाया डुबेको सामूहिक कृषि उपज केन्द्रका सञ्चालक प्रकाश खनालले बताउनुभयो ।
यता सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल—पाल्पा खण्डको दोभान, झुम्सा र सिद्धबाबामा ढुङ्गासहितको पहिरो खस्दा बाटो अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.