-->
युरोकपमा पाएको ‘सिल्भर बुट’ रोनाल्डोले नानीलाई उपहार स्वरुप दिए
Advertisement

पोर्चुगललाई उपाधि यात्रासम्म डोर्याउने महत्वपूर्ण भूमिका निभाएका खेलाडी हुन् कप्तान क्रिष्टियानो रोनाल्डो।
समूह चरणबाट नकआउट चरण पुर्याउँदा हंगेरीविरुद्ध रोनाल्डोले गरेको दुई गोल निर्णायक सावित भयो।
सेमिफाइनलमा वेल्सलाई हराउँदा गोल गरेका रोनाल्डो युरोकप फुटबल २०१६ मा उच्च गोलकर्ताको सूचीमा दोस्रो नम्बरमा रहे। पहिलो नम्बरमा भने फ्रान्सका एन्टोनी ग्रिजम्यान हुँदै गोल्डेन बुट हात पारे। दोस्रोमा रहेका रोनाल्डोले भने सिल्भर बुट पाएका थिए।
तर, रोनाल्डोले आफूले पाएको ‘सिल्भर बुट’ अाफ्ना टिममेट नानीलाई दिएका छन्। नानीलाई रोनाल्डोले सिल्भर बुट उपहार स्वरुप दिएका हुन्।
फ्रान्सलाई हराउँदै पोर्चुगल च्याम्पियन भएपछि रोनाल्डोले पाएको ‘सिल्भर बुट’ आफूलाई उपहार स्वरुप दिएको नानीले सामाजिक सञ्जालमार्फत खुलासा गरेका हुन्।
नानीले सामाजिक सञ्चाल इन्स्ट्राग्राममा रोनाल्डो र उनले दिएको सिल्भर बुटसँगै खिचेको तस्वीर हालेका थिए।
नानीले भनेका छन्,‘रोनाल्डो तिमी कप्तानभन्दा पनि बढी च्याम्पियन हौं। उपहार स्वरुप मलाई सिल्भर बुट दिएकोमा धन्याबाद।’
रोनाल्डोले पोर्चुगलबाट ११६ खेल खेल्दै ६६ अन्तर्राष्ट्रिय गोल गरेका छन्।
Setopati


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.