-->
कालीगण्डकी नदीमा आएको बाढीले पुल बगाउँदा चार करोडको क्षति
Advertisement

रामपुर (पाल्पा)। अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीले बन्दै गरेको पक्की पुल बगाउँदा चार करोड बराबरको क्षति पुगेको छ । नवलपरासीको डेढगाउँ र तनहुँको सामुङ भगवतीपुर जोड्ने खर्सानघाटमा बन्दै गरेको पक्की पुल तीन दिनअघि बगाउँदा अहिले काम प्रभावित बनेको छ ।
तीन दिनसम्म परेको लगातार वर्षाले नदीमा पानीको बहाव तीव्र हुँदा डेढगाउँ खण्डको बन्दै गरेको ट्रस्ट बगाएको हो । गत माघमा सम्पन्न गर्नुपर्ने उक्त पुल यही असार मसान्तसम्म सम्पन्न गर्ने गरी पुनःएक वर्षका लागि म्याद थप भई निर्माण कार्य अन्तिम चरणका पुगेको अवस्थामा वर्षाले पुलको ट्रष्ट बगाएको स्थानीय वीरबहादुर विसीले बताउनुभयो ।
रसुवा हिमदुङ एन्ड थोकर कन्ट्रक्सन प्रालि जेएभी कम्पनीले रु १९ करोडको लागतमा विसं २०६९ मा ठेक्का सम्झौता गरी काम सुरु गरेको हो । निर्माण कम्पनीको ढिलासुस्तीले समयमा नै पुल निर्माण नभएको स्थानीय धनञ्जय लम्सालले बताउनुभयो ।
कम्पनीका इन्चार्ज लामाले भन्नुभयो हुलासले समयमा नै सामान उपलब्ध नगराएका कारण काम ढिलो भएको बताउनुभयो । पुल निर्माण भएसँगै यहाँका वरिपरिका डेढ दर्जन गाविसका झन्डै दुई लाख जनता लाभान्वित हुनेछन् । श्रीङ भीमकाली जोड्ने लोकमार्गअन्तर्गत पोखरा, तराई विभिन्न भूभागलाई जोड्ने लक्ष्यका साथ यहाँ पुल निर्माण गरिएको हो ।News24Nepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.