-->
अोबामा, पुटिनजस्ता विश्वका चर्चित नेताले कति मूल्यको घडी लगाउँछन्?
Advertisement

विश्वका चर्चित नेताहरुले प्रयोग गर्ने सरसामानका बारे जान्ने इच्छा धेरैलाई हुन्छ। उनीहरुले कस्ता गाडी, मोबाइल, लुगाफाटा, घडी प्रयोग गर्छन् भन्नेबारे उत्सुकता हुन्छ।
विश्वका चर्चित केही नेताले कस्तो घडी लगाउँछन् त?
अमेरिकाका राष्ट्रपति बाराक ओबामा फिटबिट सर्ज ब्राण्डको घडी लगाउँछन्। यसको मूल्य करिब ३५ हजार रुपैयाँ पर्छ।
फ्रान्सका राष्ट्रपति फ्रांस्वा ओलान्द स्वीट्जरल्याण्डको स्वाच क्वाटरम्यान ब्राण्डको घडी लगाउँछन्। साधारण जीवनशैली बिताउनेका रुपमा परिचित ओलान्दले लगाउने घडीको मूल्य करिब १६ हजार रुपैयाँ पर्ने बताइएको छ।
रुसका राष्ट्रपति भ्लाद्मिर पुटिनलाई महँगा घडीको शौख छ। उनीसँग भएका घडीको मूल्य करोडौँ रुपैयाँ पर्छ। उनको सालभरको कमाइभन्दा बढी उनका घडीको मूल्य भएको पनि बताइएको छ। उनीसँग भएको ए ल्यान्ज एण्ड शोन पोर ले मेरिट घडीको मूल्य ५ करोड रुपैयाँभन्दा बढी पर्छ।
जर्मनीकी चान्सलर एन्जेला मार्केल वोसिया ब्राण्डको साधारण घडी लगाउँछिन् जसको मूल्य करिब १० हजार रुपैयाँ पर्छ।
पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफ घडीको विषयमा लिएर विवादमा आइसकेका छन्। पाकिन्तानका धनाढ्यमध्येका एक उनीसँग लुइस मोइनेटको घडी भएको बताइएको छ जसको मूल्य करिब ४८ करोड रुपैयाँ पर्ने बताइएको छ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रेडुफलाई स्माटए राजनीतिज्ञ मानिन्छ। उनले आइडब्लुसी रेग्यूलेटरको करिब १ लाख ३० हजार रुपैयाँ पर्ने घडी लगाउने गरेको बताइएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकन ब्राण्ड मोवादोको घडी लगाउँछन्। साधारण लुक्सका लागि विश्वमै प्रख्यात यो ब्राण्डका घडीको मूल्य करिब ६० हजारदेखि ३ लाख रुपैयाँसम्म पर्छ। setpati


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.