पोखरा, २२ असार-
नेपाल प्रहरी तथा सेनाको नक्कली सिआईडी बनेर लुटपाट आतंक मच्चाउने एकजनालाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ ।
पोखरा तथा आसपासका क्षेत्रमा आफू सिआईडी रहेको भन्दै जबरजस्ती रकम तथा सरसामान असुल्ने रोल्पाको धवाङ्गका ३६ बर्षीय वसन्त थापालाई प्रहरीले पक्राउ गरेको छ ।
थापाले बिहान तथा साँझको समयमा एकान्त बाटो घाटो, विश्राम स्थल तथा पार्कहरुमा घुमफीर गर्ने मानिसहरुलाई आफु प्रहरी तथा आर्मीको सिआईडि बताउँदै शरिर खानतलासी गरेर रकम तथा सामान लुट्दै आएको प्रहरीको आरोप छ ।
थापालाई यही सोमबार प्रहरीले पोखराको चाउथेबाट पक्राउ गरेको हो ।
उनले शरिर खानतलासी गर्ने भन्दै विभिन्न व्यक्तिहरुबाट लुटेका मोबाइल र अन्य सामान तनहुँको शुक्लागण्डकीका सन्तोष सुनार भन्ने कमल सुनार र रमित श्रेष्ठलाई बिक्री गर्दै आएका थिए ।
थापा पक्राउ परेपछि चोरीको सामान खरिद गर्ने सुनार र थापालाई समेत प्रहरीले पक्राउ गरेको छ । थापाले विभिन्न व्यक्तिहरुबाट लुटेका १७ थान मोबाइल सेट र एक थान साईकल उनीहरुलाई बिक्री गरेका थिए ।
पक्राउ परेका तीनै जनाविरुद्ध प्रहरीले जबरजस्ती चोरी मुद्धा दर्ता गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रहरी प्रवक्ता गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।
Nepal reports


0 comments
प्रतिक्रिया दिनुहोस्...