-->
रेखा थापाले डाक्टर केसीलाई भनिन् - तपाइँको साथमा हामी छौँ
Advertisement

काठमाडौं, साउन ७ – नायिका रेखा थापाले आफू डाक्टर गोविन्द केसीको साथमा रहेको बताउनुभएको छ । १३ दिनदेखि अनसनमा बस्नुभएका डाक्टर गोविन्द केसीलाई भेट्न शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी नायिका रेखा थापाले डाक्टर केसीले उठाएका माग नागरिकको पक्षमा भएकाले बहुसंख्यक नागरिकले उहाँको आन्दोलनलाई साथ दिने बताउनुभएको हो ।
‘डाक्टर केसीको अनशनमा मेरो पूर्ण समर्थन र म मात्र होइन हामी सबै उहाँको साथमा हुनुपर्छ’ नायिका थापाले भन्नुभयो, ‘हामी सबै एक भएमा सत्यको जित सुनिश्चित छ ।’
शनिबारको र्यालीमा सहभागी हुन अपिल
डाक्टर केसीका माग पूरा गराउन दवाव दिने उद्देश्यले शनिबार काठमाडौंमा हुने विशाल र्यालीमा सहभागी हुन रेखा थापाले सबैलाई आग्रह गनुभएको छ । शनिबार बिहान ११ बजे काठमाडौंको माइतीघरबाट सुरु हुने र्यालीमा सहभागी भएर सत्यको पक्षमा नागरिक शक्ति देखाउन रेखा थापाले अपिल गर्नुभएको हो ।
अरु कलाकार पनि शिक्षण अस्पतालमा
शुक्रबार नै केही नायक नायिका शिक्षण अस्पताल पुगेर डाक्टर गोविन्दको केसीको अनशनमा ऐक्यबद्धता जनाएका छन् । नायक निश्चल बस्नेत, नायिका ऋचा शर्मा, केकी अधिकारी लगायत कलाकारले १३ दिनदेखि अनशनमा बसेका डाक्टर गोविन्द केसीलाई भेटेर उहाँको पक्षमा रहेको प्रतिक्रिया दिएका हुन् । डाक्टर केसीका मागमा सबैजनाले साथ दिए नेपालीले स्वास्थ्यमा सहज पहुँच पाउने उहाँको प्रतिक्रिया छ ।
- उज्यालो अनलाइन


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.