-->
बगदादमा आईएसको विष्फोट ७९ को मृत्यु
Advertisement

एजेन्सीः इराकको राजधानी बगदादमा आइतबार भएको कार बम आक्रमणमा ७९ जनाको ज्यान गएको छ ।

बगदादको ब्यस्त इलाकामा रहेको सपिङ सेन्टरमा भएको आक्रमण युवा र परिवारका अन्य सदस्यहरु रमदानको ब्रत सकेर सडकमा निस्केको समयमा भएको हो ।

एउटै कार बम आक्रमणबाट यति धेरै संख्यामा सर्वसाधरणहरु मारिएको यो वर्षको ठूलो घटना हो ।

सयौं मानिसहरु रमदानको बिदाको समयमा किनमेल गर्नका लागि इराकको कर्रादा स्थित ब्यस्त सपिकङ केन्द्रमा निस्केको बेला यो ठूलो आक्रमण भएको हो।
आक्रमणको जिम्मेवारी आतंकवादी संगठन इस्लामिक स्टेट आईएसआईएसले लिएको छ । विष्फोटमा एक सय बढी गम्भीर घाइते भएका छन् ।

बम आक्रमणपछि घटनास्थलमा लाशको चाङ लागेको छ भने सपिङ सेन्टर पनि छियाछिया भएको छ । केही सञ्चार माध्ययमले भने विष्फोटमा परी ८३ बढीको मृत्यु भएको उल्लेख गरेका छन् ।

आजै बगदादको पूर्वी क्षेत्रमा भएको अर्को बम विस्फोटनमा परेर १६ जना मानिस मारिएका छन् । बगदादबाट ४० माइल पश्चिमको फल्लुजाह सहरलाई इराकी फौजले आफ्नो कब्जामा लिएपछि यो आक्रमण भएको हो ।
annapurnapost


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.