काठमाडौँ, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीका मन्त्रीहरुले राजीनामा दिएपछि सरकारमा रहेका मन्त्रीहरुलाई थप मन्त्रालयको जिम्मा सुम्पनु भएको छ ।
प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रपतिलाई पत्र लेख्दै मन्त्रीहरुलाई नयाँ जिम्मेवारी सुम्पेको अवगत गराउनुभएको हो । मौजुदा मन्त्रिपरिषदमा ८ जना मन्त्रीहरुले राजिनामा दिई रिक्त हुन आएकोले नेपालको संविधानको धारा २९८ बमोजिम थप कार्यभार दिइएको पत्रमा उल्लेख छ ।
यस्तो छ मन्त्रीहरुलाई दिइएको थप जिम्मेवारीः
१. केपी.शर्मा ओली प्रधानमन्त्री सामान्य प्रशासन
२. बिजय कुमार गच्छादार उपप्रधानमन्त्री, बन तथा भुसंरक्षण
३. भिमबहादुर रावल उपप्रधानमन्त्री गृह
४. बिष्णु प्रसाद पौडेल मन्त्री उर्जा
५. दिपक बोहोरा मन्त्री आपूर्ती
६. अग्नि प्रसाद खरेल मन्त्री शिक्षा
७. रामकुमार सुब्बा मन्त्री सिंचाई
८. शान्ता मानवी मन्त्री कृषि


0 comments
प्रतिक्रिया दिनुहोस्...