लसएन्जलस (अमेरिका) । एफवान ग्रुपको सकृयतामा शनिबारदेखि लसएन्जलसमा हुन लागेको पहिलो नेपाली अमेरिकन सम्मेलनमा सहभागी हुन नेपालबाट प्रहरी वरिष्ठ उपरिक्षक सर्वेन्द्र खनाल, अर्थशास्त्री स्वर्णिम वाग्ले, युवानेता विश्वप्रकाश शर्मादेखि लिएर शुक्रबार लसएन्जलस अइपुगेका छन् ।
अतिथिहरूलाइ स्थानीय अयोजकहरूले लसएन्जलस विमानस्थलमा भव्य स्वागत गरेका थिए । विमानस्थलमा अतिथीहरूको स्वागतका लागि एनएसी कन्भेन्सन कार्य समितिका सदस्य उमा कार्की (थापा), राजेन्द्र शिवाकोटी, शान्तिराम ढकाल र अनिल केसी लगायत पुगेका थिए ।
युवाहरुको प्रत्यक्ष सहभागिता र नेतृत्वमा सम्मेलन हुन लागेको प्रथम नेप्लिज अमेरिकन सम्मेलनमा वैचारिक छलफल, खेलकुद, मनोरञ्चनात्मक कार्यक्रमलाई समावेश गरिएको कन्भेनर विश्व सुवेदीले जानकारी दिएका छन् । कन्भेन्सनको विभिन्न फोरम अन्तर्गत हुने छलफलमा उनीहरुले आफ्ना धारणाहरु राख्ने छन् ।
सम्मेलनबाट अमेरिकामा रहेका नेपाली युवाहरुको सञ्जाल तयार गरिने छ । युवाहरुबीच शीप तथा अनुभव अदान प्रदान गरी नेपाली समुदायको हितमा यसलाई लैजाने उद्देश्यले यस्तो संजाल बनाउन लागिएको आयोजकले बताएका छन् । सम्मेलनका अवसरमा फुटबल, टेवल टेनिस, बास्केटबल, भलिबल, क्रिकेट लगायतका प्रतियोगिता आयोजना गरिने भएको छ ।
बालबालिकाका लागि समेत खेलकुद प्रतियोगिता हुने आयोजकले जानकारी दिए । सांस्कृत्तिक कार्यक्रम अन्तर्गत ट्यालेन्ट तथा फेसन शो र हास्यकलाकार सन्दिप क्षेत्रीको विशेष प्रस्तुती हुने छ ।
सांस्कृत्तिक कार्यक्रमको लागि नेपाली चलचित्रकी चर्चित नायिका प्रियंका कार्की विहीबार नै लसएन्जलस झरेकी छिन् । कार्यक्रममा उनले समेत विशेष प्रस्तुति दिनेछिन् । यस वाहेक आकिषा विष्ट, गायक हेमन्त राना, निक्की कार्की, लगायतका कलाकारले पनि आफ्नो प्रस्तुती दिने सम्मेलनका सांस्कृत्तिक संयोजक प्रतिक सुबेदीले जानकारी दिए ।
dainiknepal


0 comments
प्रतिक्रिया दिनुहोस्...