-->
रक्तचाप तथा रतन्धोको लागि गाँजर! गाँजरका अन्य ७ फाइदा
Advertisement


रक्तचाप तथा रतन्धोको लागि गाँजर! गाँजरका अन्य ७ फाइदा
‘गाँजर’ संसार भरि नै बढि प्रयोग गरिने र बढि मन पराइने ‘जरामा फल्ने’ फल हो। यसलाई फलाउन सजिलो र विभिन्न प्रकारका खानाहरूमा प्रयोग गर्न सकिने भएकोले नै अधिकांशले मन पराउने गर्दछन्। यो सामान्यतया सुन्तला रङ्गको हुन्छ, तर सेतो, वैजनी, रातो र पहेँलो रङ्गको गाँजर पनि पाइन्छ। गाँजरको जरालाई मूख्य फल मानिन्छ भने, यसको सागलाई पनि सलादको रूपमा प्रयोग गरिन्छ।
गाँजरले कोलेस्ट्रोलको मात्रा घटाउने, हृदयघातबाट बचाउने, आँखा तेजिलो बनाउने अनि केी प्रकारका क्यान्सरहरूलाई रोकथाम गर्ने गर्दछ। यसबाहेक, गाँजरले छालाको स्वास्थ्यमा सुधार ल्याउने, प्रतिरक्षा शक्तिलाई बढाउने, पाचन प्रक्रियामा सुधार ल्याउने , मुटुको स्वास्थ्यमा सुधार ल्याउने, शरीरभित्र रहेका अशुद्ध हटाउने अनि मुखको स्वास्थ्यमा पनि सुधार ल्याउने जस्ता फाइदा पनि गर्दछ। यसमा प्रशस्तै भिटामिन र खनिज पदार्थ पाइन्छ।Carrot Picture
गाँजरको मीठो स्वाद र यसले स्वास्थ्यमा गर्ने थुप्रै फाइदाहरूले गर्दा संसारभरी नै यसलाई रुचाइन्छ। त्यसैले, स्वास्थ्यमा यति धेरै फाइदा दिनको लागि गाँजरमा के छ त्यस्तो भनेर बुझौँ।
गाँजरको पौष्टिक मूल्य
गाँजरमा हुने ‘बेटा क्यारोटिन’ र ‘फाइबर’ (Beta Carotene and Fiber) ले गर्दा नै यो स्वास्थ्यको लागि अत्यन्त फाइदाजनक भएको हो। गाँजर ‘एण्टिअक्सिडेण्ट एजेन्ट’ (Antioxidant agent) को राम्रो श्रोत हो। यसबाहेक, गाँजरमा प्रशस्तै मात्रामा भिटामिन-ए, सी, के, बी८, प्याटोथेनिक एसिड, फोलेट, पोटासियम, फलाम, तामा र माङ्गानिज पाइन्छ।
यति धेरै पौष्टिक तत्वले स्वास्थ्यमा कसरी फाइदा गर्दछ?
१. मुटु रोगबाट बचाउँदछ
गाँजरका चिकित्सकीय मूल्य पत्ता लगाउनका लागि, स्कटल्याण्डको ‘वल्फसन ग्यास्ट्रोइन्टेस्टिनल ल्याबोरेटरी’का अनुसन्धानकर्ताहरूले एक खोज गरेका थिए। उक्त खोजबाट, ३ हप्तासम्म दैनिक २०० ग्राम जति गाँजरको सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा १५ प्रतिशतले कमि हुने पत्ता लागेको थियो।
(मुटुरोगबाट बच्न नियमित चिया पिउनुपर्छ, किन? पढ्न यहाँ क्लिक गर्नुहोस्)
मुटु रोग लाग्ने प्रमुख कारण शरीरमा कोलेस्ट्रोलको मात्रा बढि हुनु हो। त्यसैले मुटु रोगबाट बच्नको लागि दैनिक गाँजरको सेवन गर्नु फाइदाकारी हुन्छ। यसले आकस्मिक हुने हृदयघात जस्तो घातक समस्याको सम्भावना पनि कम गराउँदछ।
२. रक्तचाप नियन्त्रण गर्दछ
कहिलेकाहिँ कसैको कुरा सुनेर तपाईँको पारो तात्न (रिस उठ्न) सक्छ अनि भित्रभित्रै रगत उम्लेको जस्तो हुन सक्छ। यस्तो बेलामा नबिर्सी एउटा गाँजर टोकिहाल्नुहोस्। अझ भन्ने नै हो भने, २/३ वटा गाँजर साथ मै लिएर हिँड्नुहोस्। गाँजर पोटासियमको राम्रो श्रोत हो। पोटासियमले हाम्रो रक्त धमनी तथा रक्तनशाहरूमा परेको दवावलाई कम गराउँदछ, जसको कारण रक्तसञ्चारमा सहजता ल्याउँदछ अनि रक्तचाप बढ्न दिँदैन।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.