२२ आषाढ, जनकपुर । जनकपुर उपमहानगरपालिका १८ मोइल गाउँकी गैरदलितकी छोरी दलितका छोराँग भागेपछि भगाउन सहयोग गरेको आरोप लगाउदै एक दलित किशोरीलाई निर्घात रुपमा कुटेर यातना दिइएको छ ।
गाउँमा गैरदलित धानुक बहुसंख्यक र दलित खत्बे अल्पसंख्यक रुपमा बोसोबास गर्दै आएका छन् । रामअवतार मण्डलकी नातिनी कक्षा ७ मा पढ्ने छोटी मण्डल सोही गाउँका खत्बे जातिको सुजयसँग सोमबार विद्यालयबाट भागेकी थिइन् ।
उनीहरु भागेपछि सोही स्कुलमा अध्ययनरत भनु मण्डल खत्बेकी छोरी १४ वर्षिया काजल मण्डल खत्बेलाई साथी भगाउन सहयोग गरेको भन्दै स्थानीय युवाले निर्घात कुटपिट गरेका छन् ।
विद्यालयबाट सोमबार घर फर्केकी काजललाइ गाउँकै जित मण्डल,नितेश मण्डल र सन्तोष मण्डलले घरबाट तानेर अरविन्द मण्डलको दलानमा लगि कुटपिट गरेको आमा भगवती खत्बेले बताइन । आफ्नो श्रीमान वैदेशिक रोजगारीका लागि कतार बस्दै आएको र आफू घरमा दुई छोरी र एक छोरासँग बस्दै आएको हुनाले दलित र असाहय देखेर अनाहकमा कुपिट गरेको भगवतीले बताइन् ।
नेपालीपत्र डटकमबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...