काठमाडौं, ७ साउन । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजीनामा नमाग्ने निर्णय गरेका छन् ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले र मधेसी मोर्चाको आज कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री ओलीको राजीनामा नमाग्ने तर, अविश्वासको प्रस्ताव पारित गराउन लाग्ने निर्णय गरेको हो ।
बैठकपछि कांग्रेस नेता विमलेन्द्र निधिले अविश्वासको प्रस्ताव कुनै हालतमा फिर्ता नहुने बताउँदै भने- ‘अविश्वासको प्रस्ताव कुनै हालतमा फिर्ता हुँदैन । आजबाट हामी प्रधानमन्त्रीको राजीनामा माग्दैनौं । संसदको बहुमतले हटाउँछ ।’


0 comments
प्रतिक्रिया दिनुहोस्...