-->
अदालतको आदेशमा ‘नक्कली’ डाक्टर छुटे
Advertisement

विराटनगर, १९ असार । नक्कली सर्टिफिकेट पेस गरेको आरोपमा पक्राउ परेका तीनजना डाक्टर अदालतको फैसलापछि छुटेका छन् ।
नक्कली प्रमाणपत्रका आधारमा चिकित्साशास्त्र अध्ययन गरी ठगी गरेको आरोपमा गत हप्ता प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनीहरुलाई विराटनगरबाट नियन्त्रणमा लिएको थियो ।
आइतबार जिल्ला अदालत मोरङले धरौटी रकम माग गर्दै तारेखमा छाड्न आदेश दिएपछि बाल रोग विशेषज्ञ सञ्जयकुमार दास, नेत्र रोग विशेष लिली राजवंशी र हाडजोर्नी तथा नशा रोग विशेष अवुल कलाम प्रहरी हिरासतबाट छुटेका हुन् ।
अदालतले राजवंशीसँग ३५ लाख, दाससँग २३ लाख ९० हजार र कलामसँग १३ लाख रुपैयाँ धरौटी मागेको थियो । उक्त रकम बुझाएर तीनै जना आइतबार रिहा भएको अदालतका नवराज दुलालले जानकारी दिए ।
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.