-->
सडकमा सौर्य बत्ती जडान गरिने
Advertisement

पथरी (मोरङ), २० असार । विराटनगर उपमहानगरपालिकाले रु आठ करोड २४ लाखको लगानीमा विराटनगरका सडकमा सौर्य बत्ती जडान गर्ने भएको छ ।
उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीका अनुसार बहुवर्षीय परियोजनाअन्तर्गत आगामी साउनदेखि उज्यालो विराटनगर बनाउने उद्देश्यका साथ सौर्य बत्ती जडान गर्ने कार्यक्रम सुरु गर्न लागिएका हो ।
सडकमा यस्तो लाइट बाल्ने परियोजना यसअघि नै अगाडि सारिए पनि बजेटको अभावमा काम सुरु हुन नसकेको उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीले बताउनुभयो । यो वर्ष स्थानीय विकास मन्त्रालयले सडकमा सोलार लाइट जडान गर्न रु आठ करोड २४ लाख उपमहानगरपालिकालाई दिने भएको छ ।
विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीका अनुसार नगरभित्र दुई हजार ५७१ वटा सौर्य बत्ती जडान गर्ने प्रस्ताव गर्दै स्थानीय विकास मन्त्रालयमा रु २७ करोड ६३ लाख ७४ हजारको बजेट प्रस्ताव पेस गरिएकामा पहिलो चरणमा रु आठ करोड २४ लाखमा परियोजना स्वीकृति भएको हो ।
सामान्यतयाः एउटा सौर्य बत्ती जडानका लागि करिब रु एक लाख खर्च हुने अनुमान छ । सौर्य बत्ती जडान गर्न पहिलो आउनेलाई पहिलो प्राथमिकता दिएर काम थाल्ने योजना बनाइएको विराटनगर उपमहानगरपालिकाका इन्जिनियर भरत न्यौपानेले जानकारी दिनुभयो ।
परियोजनाको ६५, नगरपालिकाको २० र उपभोक्ताको १५ प्रतिशत सहभागितामा नगरभित्रका विभिन्न सडकमा सौर्य बत्ती जडान गरिने लक्ष्य राखिएको छ । रासस


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.