असार २, मुम्बई । बलिउडकी एक अभिनेत्रीले अभिनेता सलमानविरुद्ध मुद्दा दर्ता गराएकी छिन् ।
रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएकी अभिनेत्री पूजा मिश्राले अभिनेता सलमान र शत्रुधन सिन्हाविरुद्ध बलात्कारको मुद्दा हालेकी हुन् ।
भारतीय मिडिया बलिउड लाइफका अनुसार पूजाले सलमान र शत्रुधनले उनको ‘अभी तो पार्टी सुरु हुँई है’को शुटिङका बेला बलात्कार गरेको आरोप लगाएकी छिन् ।
दुबैले फरक फरक दिनमा आफूमाथि जबरजस्ती सम्बन्ध राखेको उनको आरोप छ ।
पूजा अहिले ‘अभी तो पार्टी सुरु हुँई है’ सिरियलबाट चर्चामा छिन् । दैनिक नेपालबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...