-->
शरीरको अनावश्यक बोसो घटाउने ६ वटा खाने कुराको बारेमा जान्नुहोस्
Advertisement

पेट लाग्ने गरी मटाउनु सायदकै कसैको रहर हुन्छ । तर पनि नचाहँदा नचाहँदै हाम्रो पेटमा बोसोको मात्रा बढिरहेको हुन्छ । विशेष गरेर युवतीहरुलाई बढेको पेटले धेरै सताउने गर्दछ । आफूलाई मन पर्ने पहिरनमा सजिन नपाउँदा स्लिम फिगरको अगाडि मोटी युवतीहरु लज्जा महसुश गर्दछन् ।
कतिपयले केमिकलयुक्त प्रोडक्टलाई पनि प्रयोग गरिरहेका हुन्छन् । तर स्लिम बन्ने चक्करमा त्यस्ता औषधीहरु स्वास्थ्यको लागि खतरनाक पनि सावित हुने गर्दछन् । आज हामी शरीरको अनावश्यक बोसो घटाउने प्राकृतिक घरेलु उपायको बारेमा जानकारी दिनेछौँ ।
१. लसुन
लसुनलाई प्राकृतिक एन्टी बायोटिकको रुपमा लिइन्छ जसले शरीरमा सुगरको मात्रालाई नियन्त्रण गर्ने काम गर्छ । यसले शरीरमा बोसो जम्न नदिने हर्मोनलाई सक्रिय बनाउँछ । त्यसैले आफ्नो खानपिनमा लसुनको प्रयोग गर्नुहोस् ।
२. ग्रीन टी
पछिल्लो केही वर्षमा ग्रीन टी निकै लोकप्रिय बनेको छ । ग्रीन टीमा शरीरमा भएको अनावश्यक बोसोलाई कम गर्ने गुण रहेको हुन्छ ।
३.केरा
केरामा पोटाशियम पाईन्छ जसले वजन कम गर्न मद्दत गर्दछ । त्यसैले फलफूलमा केरालाई आफ्नो खानामा सामेल गर्नुहोस् ।
४.पुदिना
पुदिनाको केही पातलाई एक कप पानीमा उमालेर पिउने गर्नुहोस् जसले तपाईको शरीरको अनावश्यक बोसो घटाउने गर्दछ ।
५.दालचिनी
छोटो समयमा नै शरीरको बोसो कम गर्न दालचिनी रामवाण हुने गर्दछ । विहानको खाजा खानु अगाडि र बेलुका सुत्नु अगाडि दालचिनीको धुलो राखेको एक कप पानी पिउन गर्नुहोस् ।
६.स्याउ
सायद तपाईलाई थाहा नहुनसक्छ दैनिक एउटा स्याउ सेवन गर्नाले शरीरको बोसो घट्ने गर्दछ । स्याउमा पाईने पोटाशियमले निकै लामो समयसम्म भोक लाग्न दिँदैन जसले वजन कम गर्न सहयोगी हुन्छ ।
-डिसीनेपाल डटकम –


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.