आधुनिक प्रविधि र बजारमा पाईने विभिन्न खानपानको कारण पछिल्लो समय बच्चा देखि वृद्धसम्मको प्यारो बनको छ चस्मा । चस्मा लगाउनु सायदै कसैलाई रहर हुँदैन यो बाध्यता हो । यदि तपाई पनि पावरवाला चस्मा लगाउनुहुन्छ र यसबाट दिक्क हुनुहुन्छ भने घरमै पाइने सामाग्रीबाट आँखाको ज्योती ठीक गर्ने उपाय आज हामी सिकाउने छौँ ।
जिरा
जिरा र मिस्री बराबर मात्रामा मिसाएर राम्रोसँग पिस्ने र एक चम्चा घिउसँग दिनहुँ खाने गर्नाले आँखाको ज्योति बढ्छ ।
सुकमेल
त्यस्तै तीन चार वटा सुकमेल र एक चम्चा सुपलाई राम्रोसँग पिस्ने र एक गिलास दूधसँग दैनिक पिउने गर्नाले पनि आँखाको ज्योति बढ्छ ।
अमला
अमलामा भिटामिन सी पाईन्छ । त्यसैले अमला पकाएर तयार पारेको गुलियो अचार दिनमा दुई पटक खानाले आँखाको ज्योति बढ्छ ।
ग्रीन टी
दिनमा दुईतीन कप ग्रीन टी पिउने गर्नाले यसमा भएको एन्टिअक्सिडेन्टले आँखा तेजिलो बनाउँछ ।
सुप
एक चम्चा सुप, दुईवटा हाडेबदाम र आधा चम्चा मिस्रीलाई राम्रोसँग पिसेर राति सुत्नुअघि एक ग्लास दूधसँग पिउने गर्नुपर्छ ।
तोरीको तेल
राति सुत्नु अघि नियमित रुपमा तोरीको तेलले टाउको मालिस गर्दा पनि आँखाको ज्योति ठीक हुन्छ ।
@डिसीनेपाल डटकम –


0 comments
प्रतिक्रिया दिनुहोस्...